रुपा गाउँपालिकाले स्थापना दिवस मनायो

पोखरा । कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ।
गाउँपालिकाको भिरकोट खेलमैदानमा आयोजित कार्यक्रममा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, झाँकी प्रदर्शन, कृषि तथा जैविक विविधता प्रदर्शनी आयोजना गरियो। कार्यक्रममा महको चाका खाने कार्यक्रम, स्थानीय रैथाने बाली तथा बाख्राको प्रदर्शनी समेत गरिएको थियो।
पुरुष भलिबलमा वडा नम्बर ६ ले ७ नम्बर वडालाई पराजित गर्दै ७७ हजार रुपैयाँसहित उपाधि जित्यो। उपविजेता वडा नम्बर ७ ले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्यो।
गाउँपालिकाको समृद्धिमा योगदान पुर्याउने सामाजिक व्यक्तित्व, विद्यावारिधि तथा एमडी उपाधि प्राप्त विभिन्न व्यक्तिहरूलाई ‘रुपा रत्न’ सम्मान प्रदान गरियो। सम्मानित हुनेहरूमा डा. दिनेश न्यौपाने, कृष्ण पौडेल, प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पंगेनी, कमला रानामगर, सुर्यप्रसाद तिमिल्सिना, नरहरी रेग्मी, डा. अनिल रेग्मी र अमृत गुरुङ रहेका छन्।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा पुरस्कार वितरण तथा सम्मान गरिएको थियो। गाउँपालिका अध्यक्ष नवराज ओझाले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै विकासका काम अघि बढाएको बताए। उपाध्यक्ष लालसुब्बा गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् भने विभिन्न दलका प्रतिनिधिहरूले शुभकामना दिएका थिए।
गाउँपालिकाले हालसम्म ९० किलोमिटर सडक कालोपत्रे गरेको छ भने ‘एक घर, एक घारा’ कार्यक्रम अन्तिम चरणमा पुगेको छ। हाल ‘एक घर, एक मौरी’ कार्यक्रम सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ।









क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया