सीपमूलक तालिमका सहभागीहरूलाई प्रमाण पत्र प्रदान

पोखरा । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगतको व्यवसाय प्रवर्द्धन केन्द्र र लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एमको साझेदारीमा सञ्चालित विभिन्न सीपमूलक तालिमका सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिएको छ ।
सहायक योग प्रशिक्षक, सैलुन, बेकरी, सहायक स्टुडियो फोटोग्राफर र केयर गिभर सम्बन्धी सीपमूलक तालिमहरू सहभागी एक सय जना बढिलाई प्रमाण पत्र प्रदान गरिएको हो ।
पोखरा महानगरपालिकाले केन्द्र मार्फत विभिन्न साझेदार संस्थाहरूसँगको समन्वयमा सीपमूलक तालिमहरू उपलब्ध गराइरहेको नगर प्रमुख धनराज आचार्यले बताए । महानगर क्षेत्रभित्र बसोबास गर्ने बेरोजगार व्यक्तिहरूको लगत सङ्कलन गरी उनीहरूलाई आवश्यकताका आधारमा सीपमूलक तालिमहरू प्रदान गर्ने गरिएको उनले बताए ।
यस प्रकारका तालिमहरूले व्यक्तिलाई स्वरोजगार, उद्यमी र सेवाका लागि आवश्यक जनशक्तिहरूको उपलब्धतालाई सम्बोधन गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
केन्द्र मार्फत महानगरपालिकाले हजारौँ व्यक्तिहरूलाई विभिन्न सीपमूलक तालिमहरू प्रदान गरी सकेको छ । यस महानगर क्षेत्रको उद्यमशीलताको विकासमा महत्त्वपूर्ण योगदान गरेको छ ।









मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
लेखनाथ महोत्सवः जहाँ पुसको जाडोमा रत्यौलीको न्यानो घन्किन्छ
पोखरा विमानस्थलको भ्रष्टाचारमा ५ पूर्वमन्त्री सहित ५५ जनाविरुद्ध मुद्दा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया