
पोखरा ।
पृथ्वीनारायण (पिएन) क्याम्पसका पूर्व स्ववियु सभापतिहरु अहिले राजनीतिमा आफ्नो प्रभाव फैलाउँदै गर्दा अहिले यहीँ क्याम्पसमा आगामी स्ववियु चुनाव हुँदै छ । कुनै बेला पृथ्वीनारायण (पिएन) क्याम्पस स्ववियु सभापति भएका खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री भइसकेका छन् । अधिकारी अहिले एमाले गण्डकी प्रदेश सभामा एमाले संसदीय दलका नेता हुन् ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि सोही क्याम्पसको स्ववियु सभापति थिए । यही क्याम्पसको स्ववियु सभापति भइसकेका पदम गिरी संघीय सांसद छन् । पूर्व सभामुख कृष्णबहादुर महरा पिएन क्याम्पस स्ववियुका पूर्वकोषाध्यक्ष हुन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना पिएन स्ववियुका पदाधिकारी थिए । दिवंगत पर्यटन मन्त्री रवीन्द्र अधिकारी पनि पिएन स्ववियुको सभापति भएका थिए । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पिएनको स्ववियु सभापति वा पदाधिकारी भएका थुप्रै जना सांसद र मन्त्री भइसकेका छन् ।
यो क्याम्पसको स्ववियुमा निर्वाचित हुन यसपालि थुप्रै विद्यार्थी आकांक्षी देखिएका छन् । विशेषतः पोखराका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदै आएको छ । पिएन, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, विन्दुवासिनी संस्कृत विद्यापीठ, पश्चिमाञ्चल इन्जिनियरिङ र पोखरा नर्सिङमा निर्वाचन हुँदै आएको छ ।
१६ वर्षपछि चुनाव हुन लागेको पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियु विराजत जोगाउने र अरु संगठन भत्काउने प्रयत्नमा छन्
त्यसमध्ये संस्कृत विद्यापीठमा मंगलबार संगठन दर्ता भयो । चुनाव भने १० गते तोकिएको छ । अन्य ५ वटा क्याम्पसमा मंगलबार उम्मेदवारी दर्ता भयो । यी क्याम्पसमा आगमी चैत ५ गते निर्वाचन तोकिएको छ । निर्वाचन गराउन त्रिविले ‘स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका’ जारी गरिसकेको छ । निर्वाचनमा २८ वर्षे उमेर हद छ ।
चुनावको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरुले चुनावी गतिविधि बढाउँदै लगेका छन् । मंगलबार उम्मेदवारी दर्ताका बेला क्याम्पसहरुको माहोल झनै रोचक बनेको थियो । विभिन्न विद्यार्थी संगठनका उम्मेदवार समर्थकहरूका साथमा नाराबाजी गर्दै क्याम्पस प्रशासन कार्यालयमा पुगेका थिए ।

उम्मेदवारी दर्ताका क्रममा विद्यार्थी नेताहरूले आ–आफ्नो जित निश्चित रहेको दाबी गर्दै चुनावी रणनीतिसमेत प्रस्तुत गर्न भ्याए । उनीहरुले विद्यार्थीको हकहितका सवाललाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । कसैले शिक्षाको गुणस्तर सुधार गर्ने प्रतिवद्धता जनाएका छन् भने कसैले क्याम्पसमा पूर्वाधार निर्माण, छात्रवृत्ति वृद्धि, यातायात सुविधामा सुधार, छात्रावास व्यवस्थापन जस्ता विषयलाई मुख्य एजेन्डा बनाएका छन् ।
पोखराका अरु क्याम्पसभन्दा पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ । यो क्याम्पस नेपाली विद्यार्थी राजनीतिमा मात्र नभई मुलुकको मूलधारको राजनीतिमा समेत प्रभाव पार्ने थलोका रुपमा चिनिन्छ ।

यहीँबाट धेरैजसो राष्ट्रियस्तरका नेता उत्पादन भएका छन् । त्यसैले, यहाँको स्ववियु चुनावलाई विद्यार्थी राजनीतिमात्र नभई राष्ट्रिय राजनीति निर्माणको आधारशीलाका रुपमा समेत हेरिन्छ । अझ १६ वर्षसम्म हुन नसकेको चुनाव हुने माहोल बन्दा विद्यार्थी उत्साहित देखिन्छन् । यसअघि २०६५ सालमा नेकपा एमाले निकट अनेरास्ववियुबाट रश्मि आचार्य स्ववियु सभापति चुनिएका थिए । त्यसयता पृथ्वी नारायण क्याम्पसमा चुनाव हुन सकेको छैन ।
यसपालि अनेरास्ववियु आफ्नो विरासत जोगाउन कसिएको छ भने नेविसंघ, क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू र स्वतन्त्र उम्मेदवारहरुले नेतृत्व छिन्न रणनीति बुनेका छन् । मंगलबार उम्मेदवारी दर्ता समयमा पार्टीका जिल्ला तहका नेताहरु पृथ्वीनारायण क्याम्पसमा देखिए । कांग्रेस कास्कीका अध्यक्ष किशोरदत्त बराल र एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री दिनभर जस्तो क्याम्पसवरिपरि देखिएका थिए ।


सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया