पोखरा फाइनान्सको सीईओमा प्रकाश गुरुङ नियुक्त

समाधान संवाददाता २०८१ फागुन २८ गते ११:५०

पोखरा ।

Advertisement

पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन्।

फाइनान्सको सञ्चालक समितिको सोमबार बसेको बैठकले रिक्त रहेको सीईओ पदमा गुरुङलाई चयन गर्ने निर्णय गरेको हो। फाइनान्सका अनुसार उनी २०८१ चैत १ गतेदेखि लागू हुने गरी दुई वर्षे कार्यकालका लागि नियुक्त भएका छन्।

बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका गुरुङ यसअघि ग्रिन डेभलपमेन्ट बैंक, पोखरामा नायब प्रमुख कार्यकारी अधिकृतको ?पमा कार्यरत थिए। त्यसअघि, उनले पूर्णिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए।

Advertisement

तपाईको प्रतिक्रिया