पत्रकार लम्साल र जमुना वर्षालाई शोक
समाधान संवाददाता
२०८१ फागुन २८ गते २०:१७

पोखरा ।
पत्रकार रामजीप्रसाद लम्साल र जमुना वर्षा शर्मालाई शोक परेको छ । प्रेस चौतारी नेपालका लेखा आयोगका उपाध्यक्ष लम्सालका पिता तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति महासचिव जमुना वर्षा शर्माका ससुरा बुबा भोजराज लम्सालको ७८ वर्षमा असामयिक निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ भोजराजको पोखरा महानगरपालिका वडा नम्बर ३३ डाँडा गाउँस्थित निवासमा निधन भएको हो । भोजराजको पार्थिव शरिरको पोखरा ३३को सेतीनदीको भोटेरहमा अन्तिम संस्कार गरिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया