पोखराको फोहोर आजबाट उठ्यो

पोखरा ।
पोखरा महानगरभरि सडकमै थुप्रिएको फोहोर बिहीबारबाट उठ्ने भएको छ । पोखरा वडा नम्बर ३२, लामेआहालमा अस्थायी रुपमा फोहोरमैला व्यवस्थापन गर्दै आएकोमा स्थानीयले बारम्बार फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका छन् ।
एकातिर फोहोर व्यवस्थाका लागि यसअघि भएको १८ महिने सम्झौताको अवधि सकिएको छ भने अर्कातिर स्थानीयहरुले आफ्ना माग सम्बोधन गर्न ढिलाइ भएको गुनासो गरेका छन् । महानगरको मंगलबार बसेको कार्यपालिका बैठकले स्थानीयका मागहरु सम्बोधन गर्न एक समिति बनाउने निर्णय गरेको थियो ।
स्थानीयका मागमध्ये वडा, महानगर, प्रदेश र संघबाट सम्बोधन हुने खालका माग छुट्टयाएर सोही अनुसार सम्बोधनको पहल लिने महानगरको प्रतिबद्धता छ । मंगलबारको कार्यपालिका बैठकअघि मेयर धनराज आचार्य, प्रवक्ता मोतीलाल तिम्सिनासहितको टोलीले पोखरा ३२ पुगेर स्थानीयसँग छलफल गरेको थियो । पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बिहीबार बिहानबाट फोहोर उठ्ने उल्लेख गरे ।
पोखरा महानगरको फोहोर संकलनको जिम्मेवारी ६ निजी कम्पनीले लिएका छन् । ती कम्पनीका ३० वटा गाडी फोहोर लिएर दैनिक लामेआहाल जाने गरेका छन् । महानगरका सरसफाइ महाशाखा प्रमुख बलराम पाठक पोखरामा दैनिक औसत २ सय टन जति फोहोर उत्पादन हुने बताउँछन् ।
स्थायी ल्याडफिल साइट निर्माण नभएसम्म पोखरा महानगरले लामेआहालमा फोहोर फाल्दै आएकोमा बारम्बार समस्या आउने गरेको छ । महानगरले २०२३ जनवरीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरा १४, बाच्छेबुडुवाको ल्याडफिल साइट बन्द गर्नुपरेको थियो । महानगरले वडा नम्बर ३३ को पुँडिटार क्षेत्रमा रहेको झाक्रीखोला र देव्रेखोला क्षेत्रमा ल्याडफिल साइट बनाउन निर्णय गरिसकेको भए पनि त्यो योजनाअघि बढ्न सकेको छैन ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया