छन्दकवि माधवलाई बनेपामा सम्मान गरिने
समाधान संवाददाता
२०८१ फागुन २९ गते १४:००

पोखरा ।
छन्दकवि माधव वियोगीलाई बनेपामा सम्मान गरिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित ‘शब्दयात्रा वसन्त शर्मा कविता–काव्य सम्मान–२०८१’ बाट उनलाई विभूषित गरिने भएको हो । प्राप्त जानकारी अनुसार छन्द बचाऊँ अभियान र महाकाव्यलेखन अभियान समेत सञ्चालन गरी कविता–काव्य सिर्जनाद्वारा नेपाली साहित्यको सेवा गरेवापत छन्दकवि वियोगीलाई सो सम्मान अर्पण गर्न लागिएको हो ।
पोखरेली स्रष्टा छन्दनायक वियोगीका ९ महाकाव्य, ८ खण्डकाव्य र ३ कवितासंग्रहसहित् ४१ ओटा कृति प्रकाशित छन् । यस अघि उनी २ दर्जन बढी सम्मान तथा पुरष्कारबाट विभूषित भै सकेका छन् । जनप्रिय बहुमुखी क्याम्पस पोखराका पूर्वप्रमुखसमेत रहेका वियोगी छन्द विश्वविद्यालय स्थापनाका लागि कसरत गर्दैछन् ।
सम्बन्धित








फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया