अन्नपूर्ण प्याथ ल्याबमा युरिक एसिड सित्तैमा जाँच

समाधान संवाददाता २०८१ फागुन २९ गते १४:५२

पोखरा ।
पोखरा महेन्द्रपुलमा रहेको अन्नपूर्ण प्याथ ल्याब (एपिएल)ले बुधबार देखि युरिक एसिड जाँच सित्तैमा गरिरहेको छ । युरिक एसिडसम्बन्धी रगत जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा विशेष छुट उपलब्ध गराएकाे छ ।

Advertisement


एपिएलकी अध्यक्ष गीता कार्की पन्थले चैत महिनाभर छुट अफर सञ्चालन हुने जनाइन् । जाडो याममा खानपिन, भोजभतेरका कारणले युरिक एसिड, बाथका समस्या देखिने भएकाले योजना ल्याइएको उनको भनाइ छ ।


ल्याबमा हर्माेन, भिटामिन, क्यान्सर मार्कर, फर्टिलिटी जाँच, खानपिन र वातावरणीय एलर्जीको जाँच, बाथसम्बन्धीका जाँच, स्वासप्रश्वासका परीक्षण, मुटुसम्बन्धी, कलेजोसम्बन्धी जाँच हुन्छ ।

तपाईको प्रतिक्रिया