कुरियर कम्पनी युनिभर्सल एक्सप्रेस र डीटीडीसीबीच सम्झौता

काठमाडौं ।
भारतको अग्रणी कुरियर तथा लजिस्टिक्स कम्पनी डीटीडीसीले नेपालमार्फत विश्वव्यापी रुपमा आफ्नो सेवा विस्तार गर्ने भएकाे छ । कम्पनीले बुधबार नेपालको युनिभर्सल एक्सप्रेस प्रालिसँग रणनीतिक साझेदारी गरेको हो ।
डीटीडीसी अष्ट्रेलियाका वरिष्ठ प्रतिनिधि पिनाकी चटर्जीले नेपालमा डीटीडीसीको विस्तारलाई विश्वव्यापी लजिस्टिक्स सञ्जाललाई अझ सशक्त बनाउने महत्त्वपूर्ण कदमको रुपमा रहेको बताए ।
उनले भने ‘नेपाल हाम्रो लागि रणनीतिक रुपमा महत्त्वपूर्ण गन्तव्य हो। युनिभर्सल एक्सप्रेससँगको साझेदारीले हामीलाई विश्वभर कुरियर तथा ढुवानी सेवा विस्तार गर्न मद्दत गर्नेछ । हामी अन्तर्राष्ट्रिय ढुवानी, ई–कमर्स लजिस्टिक्स र अन्तिम–माइल डेलिभरी सेवामा नयाँ उचाई कायम गर्न चाहन्छौं।’
साझेदारीमा डेलिभरी समय छोट्याउने, ट्र्याकिङ प्रणाली सुधार गर्ने र नेपाल हुँदै विश्वका विभिन्न मुलुकहरूमा ढुवानी प्रक्रिया सहज बनाउने लक्ष्य राखिएको छ। युनिभर्सल एक्सप्रेसले डीटीडीसीलाई विश्वव्यापी सञ्जाल विस्तार गर्न, सेवा गुणस्तर सुधार गर्न र अन्तर्राष्ट्रिय ढुवानीलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले बताएकाे छ ।
डीटीडीसीको नेपाल प्रवेशले विश्वव्यापी कुरियर तथा लजिस्टिक्स क्षेत्रमा नयाँ तरंग ल्याउने बताउँदै अन्य सेवा प्रदायकलाई पनि सेवा सुधार गर्न प्रेरित गर्ने कम्पनिकाे भनाइ छ । साझेदारीले व्यवसाय, ई–कमर्स प्लेटफर्महरू र व्यक्तिगत ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय कुरियर सेवा उपलब्ध गराउनेछ ।
नेपाल हुँदै विश्वव्यापी व्यापार तथा ढुवानी सेवालाई विस्तार गर्ने डीटीडीसीको यो रणनीतिक कदम लजिस्टिक्स क्षेत्रमा नयाँ युगको सुरुवात हुने विश्वास गरिएको डिटिडिसीका नेपालका कार्यकारी प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया