सहारा एकेडेमीलाई सहयोग

समाधान संवाददाता २०८१ फागुन ३० गते ११:५२

पोखरा ।
सहारा क्लब हङकङका संस्थापक कार्यसमिति सदस्य तथा जिफान हङकङ अध्यक्ष नायिका माया गुरुङले सूर्य बहादुर केसी स्मृति सहारा आवसीय फुटबल एकेडेमीमा सहयोग गरेकी छन् ।

Advertisement


नायिका मायाले त्यहाँ रहेका बालकहरुका लागि एकेडेमीमै पुगेर खाद्यान्न हस्तान्तरण गरेकी हुन् । सो अवसरमा सहारा क्लब हङकङका कार्यसमिति सदस्य पूर्णबहादुर गुरुङबाट एकेडेमी व्यवस्थापनका लागि नगद १० हजार सहारा एकेडेमी व्यवस्थापन समितिका संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गरे ।


नायिका मायाले बालकहरुलाई होलीको शुभकामनासमेत दिइन् । उनले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताका बेला समयमा पोखरा रंगशालामा बालकहरुलाई जर्सी प्रदान गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया