गंगेकुल मन्दिरमा पूजा
समाधान संवाददाता
२०८१ फागुन ३० गते १२:३०

पोखरा ।
कास्कीको मादी गाउँपालिका वडा नं. ३ पोखरा खेतमा अवस्थित गंगे कुलमन्दिरमा कुलपूजा तथा श्रीमद् भागवत वाचन गरिएको छ ।
साबिक थुमाकोडाँडा गाविस हाल मादी गाउँपालिका वडा नं. ३ र ४ का हरेस्वारा, स्याँगे, पोखरा खेत र घाम्लुङका भारद्वाज गोत्रिय रानाभाटहरुले हरेक ३ वर्षमा यहाँ कुलपूजा गर्दै आएको पूजा संयोजक ज्यो. रुद्रप्रसाद रानाभाटले बताए ।
कुलपूजाका साथमा श्रीमद्भागवत, चण्डिपाठ, सत्यनारायण, रुद्री पूजा, होमसमेत गरिएको थियो । सो पूजा व्यवस्थित रुपमा सञ्चालन गर्न मादी ३ का जनप्रतिनिधि तेजबहादुर रानाभाटको संयोजकत्वमा युवा परिचालन समिति, लेखनाथ रानाभाटको संयोजकत्वमा आर्थिक संकलन समिति र पितृराज रानाभाटको संयोजकत्वमा भोजन व्यवस्थापन समिति बनाइएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया