पोखरामा मानव अधिकार तथा महिला अधिकार सचेतना कार्यक्रम

समाधान संवाददाता २०८१ फागुन ३० गते १५:२०

कास्की ।
मानव अधिकार तथा महिला अधिकार सचेतना कार्यक्रम फागुन २८ गते पोखरामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र दलित महिला संघ (फेडो) कास्कीकको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement


कार्यक्रमकी प्रमुख अतिथि तथा मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख नितु गर्तौलाले मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकार, नागरिक समाज तथा सुरक्षाकर्मीबीच समन्वय आवश्यक रहेको बताइन् । उनले विशेष गरी महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि सचेतना, कानूनी प्रक्रिया र नीतिगत सुधारको आवश्यकतामा जोड दिइन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा डिएसपी बसन्तकुमार शर्माले प्रहरी प्रशासन मानव अधिकारमैत्री बन्नुपर्ने र पीडितले न्याय पाउने वातावरण बनाउन प्रहरी प्रतिबद्ध रहेको जनाए ।


फेडो कास्कीकी अध्यक्ष सुमित्रा गायकले समाजमा व्याप्त विभेद हटाउन महिला तथा दलित समुदायको सशक्तिकरण गर्नुपर्ने बताउँदै संस्थागत रूपमा यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरे । पोखरा महानगरपालिकाकी सामाजिक विकास शाखाकी सूचना अधिकारी चन्द्रावती वाग्लेले मानव अधिकारका सवालमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताउँदै नगरपालिकाले लैंगिक समानता तथा सामाजिक न्यायका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराए । इन्सेक गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेलले मानव अधिकार उल्लंघनका घटनाहरू न्यूनीकरण गर्न नागरिक समाजको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै इन्सेकले यसतर्फ निरन्तर काम गरिरहेको बताइन् ।

कार्यक्रममा अधिकारकर्मी, सुरक्षाकर्मी, स्थानीय सरकारका प्रतिनिधि तथा नागरिक समाजका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया