पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त सिइओ प्रकाशको शपथ

पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले पदीय जिम्मेवारी ग्रहण गरेका छन् । फाइनान्स सञ्चालक समितिको ५ सय ४७ औँ बैठकको निर्णय अनुसार शुक्रबारदेखि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका गुरुङले केन्द्रीय कार्यालय, न्युरोड पोखरामा संस्थाका अध्यक्ष राजकुमार गुरुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमारले वित्तीय संस्था तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृतका बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा पोखरा फाइनान्सका अध्यक्ष राजकुमार गुरुङले प्रमुख कार्यकारी अधिकृत गुरुङलाई बधाई तथा शुभकामना दिए । उनले नेपाल राष्ट्र बैंकको निर्देशिकाको अनुपालना तथा संस्थागत सुशासनबाट संस्थाको साख तथा प्रतिष्ठालाई पुन उचाइमा पुर्याउन र व्यावसायिक सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका थिए ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रकाशले हाल संस्थामा रहेका चुनौतीहरु समाधान गर्दैे नेपाल राष्ट्र बैंकको निर्देशिकाको पालना गरी संस्थाको प्रगति तथा संस्थाको निक्षेपकर्ता, कर्मचारी र सेयरधनीको हितका लागि हरदम प्रयत्नशील रहने प्रतिवद्धता गरे ।








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया