सञ्चारमन्त्री गुरुङद्वारा शोक व्यक्त

दमौली । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्नीशोकमा रहनुभएका भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
भिमाद नगरपालिका–२ जिलाङस्थित थापा निवास पुगेर सञ्चारमन्त्रीले भोविमाया थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नगरप्रमुख थापाका शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिवसमेत रहनुभएका सञ्चारमन्त्रीले भोविमाया थापाको निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । नेकपा (एमाले) तनहुँकी सङ्गठित सदस्य थापाको ५६ वर्षको उमेरमा गत शनिबार उपचारका क्रममा निधन भएको हो । उहाँ मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष हरिराज कँडेल, गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य विष्णुभक्त सिग्देल लगायत एमाले नेता थापा निवासमा समवेदना व्यक्त गर्न पुग्नुभएको थियो । रासस







चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया