
पोखरा ।
गण्डकी प्रदेश सभाले फागुन महिनाको कार्यतालिका सफलतापूर्वक कार्यान्वयन गरेपछि २०८१ साल चैत महिनाका लागि सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । कार्यव्यवस्था परामर्श समितिबाट पारित कार्यतालिकाअनुसार चैत १ गतेदेखि २० गतेसम्मका बैठकहरू तय गरिएका छ ।
प्रदेश सभाले प्रत्येक बैठकको प्रारम्भमा आकस्मिक समय रहने व्यवस्था गरेको छ । कार्यतालिकामा समावेश नभएका तर तत्काल छलफल आवश्यक पर्ने विषयवस्तुहरूलाई पनि कार्यसूचीमा समावेश गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रदेश सभाका प्रवक्ता प्रेम सुवेदीका अनुसार चैत महिनाको ८ वटा वैठकहरु बस्नेछ । ‘प्रदेश सभा क्यालेन्डर अनुसार अघि बढ्नुपर्छ भनेर बारम्बार उठेको प्रश्न थियो । सोही अनुसार ११ महिनाको कार्यसूचि अनुसारको सफलतापछि यो चैत महिनाको क्यालेन्डर सार्वजनिक ग¥यौं,’ सुवेदीले भने । त्यसमध्ये चैत १० गते ‘जीवनाशक विषादी व्यवस्थापन सम्बन्धी विधेयक’ को दफावार छलफल गरी निर्णयार्थ पेस कार्यतालिका छ । यस्तै चैत ११ गते ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धी विधेयक’ र ‘मगर तथा गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक’ सम्बन्धी सैद्धान्तिक छलफल गर्ने कार्यतालिका छ ।
चैत १२ र १३ गते ‘गण्डकी प्रदेश सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार विधेयक“ सम्बन्धी छलफल हुनेछ । चैत १४ गते ‘खानी तथा खनिज सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘भवन निर्माण तथा बस्ती विकास विधेयक“ सम्बन्धी छलफल उल्लेख छ ।
चैत १५ गते मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिनेछ । चैत १७ र १८ गते विभिन्न विधेयकहरूलाई सम्बन्धित समितिमा पठाइने कार्यतालिका रहेको प्रवक्ता सुवेदीले जानकारी दिए ।
सार्वजनिक कार्यतालिका अनुसार हरेक बैठकको सुरुवातमा विषयवस्तुको गाम्भीर्यका आधारमा आकस्मिक समयका लागि स्थान दिइने उल्लेख छ । कार्यसूचीमा समावेश नभएका विषयहरू आकस्मिक रूपमा प्रस्तुत गर्न सकिने व्यवस्थासमेत गरिएको छ । यस अवधिमा विभिन्न विधेयक पेस गर्ने र छलफल गरिने उल्लेख छ । गण्डकी प्रदेशसभाले अघिल्लो महिनादेखि क्यालेन्डर लागू गरेको हो ।
बैठकमा संसदीय अभ्यास अनुसार पूर्व मुख्यमन्त्री, पूर्व सभामुख, विपक्षी दलका नेतालाई समय उपलब्ध गराइने पनि उल्लेख छ । शून्य समय र विशेष समयको अवधिमा सार्वजनिक महत्वका विषयमा छलफल हुने जनाइएको छ । सभाको बैठक नबस्ने दिनमा कार्यसमितिको बैठक बस्ने गरी क्यालेन्डर तयार गरिएको हो । प्रदेशसभामा दफावार छलफलका लागि केही विधेयक समितिमा पठाइनेछ ।
संसद बैठक पूर्वनिर्धारित कार्यतालिका अनुसार सञ्चालन हुँदा सांसदलाई आफ्नो समय व्यवस्थापन गर्न सहज हुनेछ । यद्यपि, यो कार्यतालिका प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ । विशेष गरी, दलहरूले आफ्ना पार्टी बैठक परेका बेला संसद बैठक स्थगित गर्न आग्रह गर्ने प्रवृत्तिले कार्यतालिकामा प्रभाव पर्न सक्ने सांसदहरु नै बताउँछन् ।
संसदमा हुने अवरोधका कारण यसअघिका दैनिक कार्यतालिका समेत प्रभावित हुने समस्या रहँदै आएको छ । कतिपय अवस्थामा निर्णय लिन आवश्यक संख्यामा सांसद उपस्थित नहुँदा बैठक सार्नुपरेको र त्यसबाट आगामी दिनको कार्यभार थपिएको देखिएको छ ।
संघीय सदनले कार्यतालिका तयार पारेर सुरु गरे पनि कार्यान्वयनमा समस्या देखिएको छ । यद्यपि गण्डकी प्रदेश सभाले पहिलो एक महिना सफलताका साथ सम्पन्न गरेको हो । संसद र संसदीय समितिहरू बिना क्यालेन्डर सञ्चालन हुँदा सांसदलाई समय व्यवस्थापन गर्न कठिनाइ हुन्थ्यो । अघिल्लो दिन सूचना दिएर अर्को दिन बैठक बस्ने परिपाटीले कोरम नपुग्ने जस्ता समस्या निम्त्याएको थियो । विभिन्न देशले संसद बैठकका लागि निश्चित कार्यतालिका लागू गरेका छन् ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया