सस्तियो डिजेल, पेट्रोल मट्टीतेलको भाउ
समाधान संवाददाता
२०८१ चैत २ गते ६:१७

पोखरा । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले गत रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो ।
शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।
घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १ सय ६३ र डिजल तथा मट्टीतेल प्रति लिटर १ सय ५१ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

सम्बन्धित
तपाईको प्रतिक्रिया