वडाध्यक्ष दीपकमाथि रड प्रहार गर्ने भूपेन्द्र विरुद्व निवेदन
समाधान संवाददाता
२०८१ चैत २ गते १६:१५

पोखरा ।
पोखरा महानगरपालिका २१ का वडाध्यक्ष दीपक सुवेदीले स्थानीय भूपेन्द्र गिरी विरुद्व निवेदन दिएका छन् ।
वडाध्यक्ष सुवेदीले आफुलाई शनिबार रड प्रहार गरेको आरोपमा गिरीविरुद्व कारवाहीको मागसहित वडा प्रहरी कार्यालय बैदाममा आज निवेदन दिएको जानकारी दिए ।
गिरीले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको संरचना हटाउन गएका बेला वडाध्यक्ष सुवेदीलाई गिरीले रड प्रहार गरेको उनले बताए । आडैमा रहेका अर्का एक व्यक्तिले छेकेका कारण वडाध्यक्षलाई चोट भने लाग्न पाएन ।
सुवेदीसँगै त्यहाँ वडा सदस्य विमला केसीसँगै अन्य स्थानीयहरुपनि सहभागी थिए । भूपेन्द्र (ठुलो) ले सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरिरहेको बताइएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया