निजामती कर्मचारी अस्पताललाई ऐनबाट सञ्चालन गरिनु पर्ने

कठमाडौं । निजामती कर्मचारी अस्पताललाई ऐनबाट सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीको पदभार तथा निवर्तमान कार्यकारी निर्देशक प्राडा विधानीधि पौडेलको विदाइ समारोहमा अस्पताललाई अब छुट्टै ऐनबाट सञ्चालन गर्नुपर्ने जोड दिइएको हो ।
निवर्तमान कार्यकारी निर्देशक प्राडा पौडेलले गठन आदेशबाट अस्पताल सञ्चालन गर्दा विभिन्न कठिनाई हुने भएकाले अब अस्पतालका लागि छुट्टै ऐन बनाउनुपर्ने बताउनुभयो ।
निजामति कर्मचारी अस्प्ताल गठन आदेश २०६४ बाट सञ्चालनमा रहेको र उक्त गठन आदेशलाई ऐनमा र विनियमावलीलाई स्वास्थ्य सेवासँग मिल्ने गरी परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्राडा पौडेलले आफनो चार वर्षे कार्यकालमा अस्पताललाई नाफामा लगेको, नयाँ मेसिनबाट रेडियोथेरापी सेवा सुरु गरी उत्कृष्ट क्यान्सर उपचार सेवा प्रदान गरिएको बताउनुभयो ।
नवनियुक्त कार्यकारी निर्देशक प्राडा रेग्मीले अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विसं २०६७ माघदेखि बहिरङग, अन्तरङ्ग र शल्यक्रिया सुरु गरेको अस्प्ताल अहिले तीन सय शय्यामा सञ्चालन भइरहेको छ । रासस







माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया