इन्स्पेक्टर सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी
समाधान संवाददाता
२०८१ चैत ३ गते १३:४२

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीलाई फागुन महिनाका उत्कृष्ट प्रहरी घोषित गरेको छ। सांगठनिक नीति निर्देशनअनुसार उनले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक तथा उच्च व्यावसायिक सुझबुझका साथ निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो।
हाल इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा कार्यरत सुवेदीले लागुऔषध नियन्त्रण, अवैध हातहतियार बरामद, सचेतनामूलक कार्यक्रम सञ्चालन, भौतिक पूर्वाधार संरक्षण तथा पुनर्निर्माणमा नेतृत्वदायी भूमिका खेलेका छन्। स्याङ्जाको पुतलीबजार १३ का उनले समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी प्रहरी संगठनको छवि उच्च राखेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ।
उनी २०५८ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।
सम्बन्धित







कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया