इन्स्पेक्टर सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी
समाधान संवाददाता
२०८१ चैत ३ गते १३:४२

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीलाई फागुन महिनाका उत्कृष्ट प्रहरी घोषित गरेको छ। सांगठनिक नीति निर्देशनअनुसार उनले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक तथा उच्च व्यावसायिक सुझबुझका साथ निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो।
हाल इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा कार्यरत सुवेदीले लागुऔषध नियन्त्रण, अवैध हातहतियार बरामद, सचेतनामूलक कार्यक्रम सञ्चालन, भौतिक पूर्वाधार संरक्षण तथा पुनर्निर्माणमा नेतृत्वदायी भूमिका खेलेका छन्। स्याङ्जाको पुतलीबजार १३ का उनले समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी प्रहरी संगठनको छवि उच्च राखेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ।
उनी २०५८ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया