ट्याक्टर दुर्घटनामा सह-चालकको मृत्यु

समाधान संवाददाता २०८१ चैत ४ गते ५:४६

पोखरा । तनहुँको म्याग्दे गाउँपालिका–४ ओटाङदीस्थित भित्री कच्ची सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ।

Advertisement

चैत ४ गते साँझ करिब ६:३० बजे ओटाङदीबाट हाईवे फर्कदै गरेको ग १ त ५६८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिंदा सह-चालक ३० वर्षीय सुक बहादुर बि.क.को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक तनहुँ म्याग्दे गाउँपालिका–२, जामुनेका बासिन्दा हुन्।

ट्याक्टर दुर्घटनामा चालक ४० वर्षीय प्रकाश कुमार श्रेष्ठ भने सकुशल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया