डेनमार्कमा दशौँ इनास युरोप क्षेत्रीय कार्यक्रम, निशान बराल गायन तर्फ छनोट

बेलायत । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप क्षेत्रीय समितिद्वारा आयोजित दशौँ युरोप क्षेत्रीय कार्यक्रम आगामी मे १६ र १७ मा डेनमार्कमा आयोजना हुने भएको छ।
यस प्रतिष्ठित कार्यक्रमका लागि विभिन्न देशहरूबाट प्रतिस्पर्धीहरूको छनोट प्रक्रिया सुरु भइसकेको छ। इनास यूकेबाट गायन तर्फ निशान बराल विजयी भई डेनमार्कका लागि छनोट भएका छन् भने वैकल्पिक रूपमा सन्ध्या रसाईली पनि छनोट भएकी छन्।
इनास यूकेद्वारा आयोजित अडिशनमा भूमिका शाह, सन्तोष खड्का, र दीपक थापा निर्णायकका रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन इनास यूकेका महासचिव सर्वेन्द्र अधिकारीले गरेका थिए।
इनास यूकेका अध्यक्ष संजयभक्त कंडेलले नेपाली कला, भाषा, र संस्कृतिको प्रवर्द्धनमा यस्ता कार्यक्रमहरू महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। साथै, उनले विजेता निशान बराललाई बधाई ज्ञापन गर्दै आगामी प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरे।
आयोजक समितिले कार्यक्रमलाई भव्य र सफल बनाउन तयारी तीव्र रूपमा अगाडि बढाएको बताएको छ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया