संगम सहकारीको विस्तारित मञ्च

समाधान संवाददाता २०८१ चैत ४ गते ११:२८

पोखरा ।
पोखराको रामबजारमा प्रधान कार्यालय रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले न्युरोडमा रहेको सुगम सेवा केन्द्रको कारोबार वृद्धिलाई लक्षित गरी विस्तारित मञ्च कार्यक्रम आयोजना गरेको छ ।

Advertisement


कार्यक्रममा जिल्ला सहकारी संघ कास्की अध्यक्ष दीपकराज बास्तोलाले संस्था ठूलो बनाउने होड भन्दा पनि स्वस्थ बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए । संगम सहकारी बेलैमा त्यसतर्फ लागेको हुनाले गण्डकी प्रदेशकै उत्कृष्ट बन्न सफल भएको बताए । उनले सहकारी क्षेत्रको अहिलेको असहज अवस्थाको चुनौतीलाई सामाना गर्दै समाधानका उपाय खोजी गरी सहज वातावरण बनाउन आफ्नो नेतृत्वको जिल्ला संघ लागिपरेको बताए ।


पोखरा ९ की वडा सदस्य लक्ष्मी पहारीले आफ्ना वडामा भएका सहकारीमध्ये संगम राम्रोसँग सञ्चालन भएको थाहा पाउदा खुसी लागेको जनाइन् । सल्लाहकार संयोजक निरज थापाले साना तथा मध्यम वर्गका निम्ति हुनुपर्ने सहकारी क्षेत्रमा आफूलाई ठूला भनाउदाहरुको प्रवेश हुनु र बढी महत्वाकांक्षी योजना ल्याउनाले यो क्षेत्र धुमिलिदै गएको बताए ।


स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष कृष्ण रानाभाटले असल व्यक्तिको नेतृत्वदायी भूमिकाले नै संगमको उचाई बढाउदै लगेको जनाए । कार्यक्रम संयोजक तिलक थापाले व्यक्तिगत वा संस्थागत जीवनमा कुनै समस्या आए त्यसको समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

नवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव धनराज पुरी, वरिष्ठ व्यवस्थापक बृहस्पति अधिकारी।, हरिहर पराजुली, प्रशान्त रानाभाट, रुद्रमणि ढुंगाना, सीता नेपाली, लेखबहादुर प्रधान, लक्ष्मण पौडेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया