‘अटो सो’ को पूर्वसन्ध्यामा पोखरामा ‘कार मोटर र्‍याली’ हुने

समाधान संवाददाता २०८१ चैत ४ गते १३:०१

पोखरा । पोखरामा ‘कार मोटर र्‍याली’ हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को पूर्व सन्ध्यामा मोटर र्‍याली गर्न लागिएको हो । चैत ९ गते शनिबार र्‍याली हुने वाडाका वरिष्ठ उपाध्यक्ष एवं र्‍याली कार्यक्रम संयोक शिव श्रेष्ठले जानकारी दिए ।

Advertisement

नाडा र वाडासहित गण्डकी प्रदेश अटोमोबाइल संघ (नासा गण्डकी), नेपाली युवा उद्यमी मञ्च पोखरा, जोन्टा क्लब पोखराको संयुक्त आयोजनामा मोटर र्‍याली गर्न लागिएको हो । शनिबार बिहान ८ बजे पोखरा रगंशालाबाट र्‍याली सुरु हुने छ ।

पृथ्वीचोक, मुुस्ताङचोक, बिरौटा, ड्यामसाइड, राष्ट्रबैंकचोक, बसुन्धारा पार्क, वाराहीचोक, हल्लनचोक, जिरो किमी, हरिचोक, हेम्जा, घट्टेखोला, नौंडाडा, कास्कीकोट, सराङकोट, विन्ध्यबासिनी, बागलुङ बसपार्क, नालामुुख, तेस्रापट्टी, महेन्द्रपुुल, नयाँबजार, पृथ्वीचोक, सभागृह, न्युुरोड, चिप्लेढुंगा, महेन्द्रपुुल, रानीपौवा, हस्पिटलचोक हुँदै र्‍याली अमरसिंहचोक मैदानमा पुगेर समापन हुनेछ ।

‘वाडा अटो सो’ को प्रचारप्रसारमा मोटर र्‍यालीले योगदान गर्ने वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले विश्वास व्यक्त गरे । ‘हामीले पोखरामा पहिलो पटक बृहत अटो सो आयोजना गरेका छौं,’ उनले भने, ‘सबै स्टल बुकिङ भएर प्रचारप्रसार लगायत अन्य तयारीमा हामी जुटेका छौं ।’

चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा अटो सो हुनेछ । अटो सोका लागि २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण लगायत कम्पनीहरुको स्टल रहने संयोजक निरन केसीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया