पोखरा—छेन्दु उडान सुरु, मेयर आचार्यसहित १२५ जना छेन्दु प्रस्थान
समाधान संवाददाता
२०८१ चैत ४ गते १३:२७

पोखरा ।
सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु–पोखरा सिधा उडान थालेको छ। एयरबस—३९१ विमानमार्फत १२८ जना चिनियाँ पर्यटक पोखरा आइपुगेका छन्, भने फर्किने क्रममा पोखराबाट १२६ जना यात्रु छेन्दु गएका छन्।
पोखराका मेयर धनराज आचार्यसहित पर्यटन व्यवसायी टोली चीन भ्रमणमा गएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सबै सुविधा रहेको सूचना अधिकारी जशोदा रेग्मीले जनाइन्।
सिचुवान एयरलाइन्सले हप्तामा एकपटक चार्टर्ड उडान गर्नेछ भने १० हप्तापछि व्यवसाय हेरी नियमित सेवा सुरु गर्ने योजना छ। पोखरा–छेन्दु हवाई टिकट ६२ हजार रुपैँया तोकिएको छ भने ७ दिने भ्रमण प्याकेज १ लाख २३ हजार रुपैँया छ।
सम्बन्धित









भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया