पोखरा नर्सिङ क्याम्पसमा ९० प्रतिशत मत खस्यो
समाधान संवाददाता
२०८१ चैत ४ गते १४:०४

पोखरा । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अन्तर्गत मंगलबार जारी मतदानमा दिउँसो २ बजेसम्म नर्सिङ क्याम्पस पोखरामा ९० प्रतिशत मत खसेको छ ।
क्याम्पसका प्रशासन प्रमुख प्रजापति पराजुलीका अनुसार बिहान ८ बजे नै मतदान सुरु भएको थियो । मतदान अवधि ४ बजेसम्म छ । ३ सय ४९ विद्यार्थी मतदाता रहेकामा २ बजेसम्म ९० प्रतिशत मत खसेको उनले जानकारी दिए ।

नर्सिङ क्याम्पसमा एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघ चुनावी मैदानमा छन् । अनेरास्ववियुले १८ जना उम्मेदवार उठाउँदा नेविसंघले १३ जना उठाएको छ ।
तस्बिर : सञ्जय रानाभाट
सम्बन्धित









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया