२५ करोड बोकेको ट्रक चालक कुन्साङ भरिया मात्रै

समाधान संवाददाता २०८१ चैत ४ गते १५:०२

काठमाडौं । मंगलबार बिहान विभिन्न देशका २५ करोड अवैध रकमसहित पक्राउ परेका ट्रक चालक कुन्साङ लामा अहिलेसम्म भरिया मात्रै रहेको खुलेको छ ।

Advertisement

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार २५ करोड नगदसहित पक्राउ सिन्धुपाल्चोकका ३९ वर्षीय कुन्साङ लामाले आमाको नाममा निकालिएको ट्रक चलाउँदै आएका थिए ।

प्रारम्भिक बयानका क्रममा उनले आफूलाई दुईजना अपरिचित व्यक्तिहरूले अमेरिकी डलर र युरोपियन मुद्रासहितको रकम रसुवागढी हुँदै केरुङसम्म लगिदिन भनेका बस्नेतले बताए ।

‘दुईजना अमुक व्यक्तिले रकम दिएको कुरा उनले हामीलाई खुलाएका छन्’, उनले भने, ‘अहिलेसम्मको अनुसन्धानमा कुन्साङभरिया मात्रै रहेको खुलेको छ । रकम दिने दुई व्यक्तिबारे अहिले अनुसन्धान भइरहेकाले केही खुलिसकेको छैन ।’

कुन्साङ यसअघि कलंकीबाट ७ केजी सुनसहित पक्राउ परेर ५ वर्ष जेल बसेपछि २०७८ सालमा रिहा भएको पनि खुलेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया