लमजुङका ३ क्याम्पसमा कांग्रेसकाे भातृ संगठन नेविसंघ विजयी

लमजुङ । लमजुङको ३ वटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ ।
सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित भक्ति आदर्श बहुमुखी क्याम्पस र वडा नम्बर ७ सुन्दरबजारस्थित मातृभूमि बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी भएको हो ।
मध्यनेपाल नगरपालिका–३, सोतीपसलस्थित मंगला क्याम्पसमा नेविसंघको प्यानलै सर्वसम्मत भइसकेको छ ।
मंगलबार भएको मतदानमा भक्ति आदर्श क्याम्पसमा ८१ मत खसेकोमा नेविसंघका उम्मेदवार सुशील अधिकारी ४९ मतका साथ सभापतिमा निर्वाचित भए । अनेरास्ववियुका उम्मेदवार रजिना घलेले ३२ मत पाइन् । सचिवमा नेविसंघका अर्पणा अधिकारी ४६ मतका साथ विजयी भइन् । अनेरास्ववियुका अनिशा सुनारले २९ मत र अखिल (क्रान्तिकारी) का प्रमिला रेग्मीले ३ मत पाइन् ।
मातृभूमि क्याम्पसमा ७५ मत खसेकोमा सभापतिमा विजयी नेविसंघका विशाल थापाले ५५ मत पाए । अनेरास्ववियु उम्मेदवार मन्दिरा सार्कीले १९ मत पाइन् । सचिवका उम्मेदवार नेविसंघका सरला अधिकारी ४६ मतका साथ विजयी भइन् । अनेरास्ववियुका उम्मेदवार सृजना सार्कीले २६ मत पाइन् ।
सदरमुकाम बेंसीसहरमा रहेको मर्स्याङ्दी बहुमुखी क्याम्पसमा ५ सय ४९ मतदाता रहेकोमा ४ सय १३ मत खसेको छ । सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा ४ सय ७३ मतदाता रहेकोमा सत प्रतिशत मत खसेको छ । मध्यनेपाल नगरपालिका ४, दुइपिप्ले रम्घास्थित पुष्पलता जनएकता क्याम्पस र वडा नम्बर ६, भोर्लेटारस्थित ईशानेश्वर क्याम्पसमा चुनावी प्रक्रिया नै अघि बढेको छैन ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया