मार्फा थकाली समाज अध्यक्षमा देवकुमारी हिराचन

समाधान संवाददाता २०८१ चैत ५ गते ९:५५

Advertisement

पोखरा । मार्फा थकाली समाज सेवा सदन पोखराको ५३औं वार्षिकोत्सव तथा १८औं महाधिवेशन देव कुमारी हिराचनलाई अध्यक्षमा चयन गर्दै भव्य रूपमा सम्पन्न भएको छ। समाजको ५३ वर्षको इतिहासमा पहिलोपटक महिला अध्यक्ष चयन गरि इतिहास रच्न सफल भएको छ।

महाधिवेशनमार्फत देव कुमारी हिराचन अध्यक्षमा निर्वाचित भएकी छन्। उपाध्यक्षमा पूर्ण मान लालचन, महासचिवमा मखनलाल हिराचन, सचिवमा राजु लालचन, कोषाध्यक्षमा इ‍ पूर्णबहादुर ज्वारचन चयन भएका छन्। त्यसैगरी, प्रदीप हिराचन, निरण ज्वारचन, पूर्ण ज्वारचन, वसन्त हिराचन, सञ्जु लालचन, बुद्धिकुमारी लालचन, प्रिमो लालचन तथा सुन कुमारी हिराचन समाजका सदस्य पदमा चयन भएका छन्।

यसै अवसरमा मार्फा थकाली महिला समिति को पनि नयाँ कार्यसमिति चयन भएको छ। महिला समितिको अध्यक्षमा विष्णु ज्वारचन माइली, उपाध्यक्षमा आइतकुमारी लालचन, सचिवमा पुनम हिराचन, कोषाध्यक्षमा रामकुमारी ज्वारचन चयन भएका छन्। सदस्य पदमा सीता लालचन, सतकुमारी पन्नाचन, विष्णु ज्वारचन, विनु लालचन, रचना लालचन, सविता पन्नाचन तथा विष्णु हिराचन मनोनीत भएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया