म्याग्दी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा नेविसंघका संगम चोखाल क्षेत्री विजयी

म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका मन्जुर कटुवाल, कोषाध्यक्षमा अस्मिता भण्डारी विजयी भएका छन् ।
मत परिणाम अनुसार सभापति चोखालले २ सय ८८ मत पाउँदा अनेरास्ववियुका दिनेश खत्रीले १ सय ९२ मत पाए । अखिल क्रान्तिकारीका सन्दीप खत्रीले १ सय ७७ मत पाएका थिए । त्यस्तै, सचिवमा अनेरास्ववियुका मन्जुर कटुवालले २ सय ८३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका प्रतिभा बानियाँले २ सय २७ र क्रान्तिकारीका कृष्ण सापकोटाले १ सय ४४ मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुकी अस्मिता भण्डारीले २ सय ५२ मत पाइन् । नेविसंघकी यशु खत्रीले २ सय ३५ मत र क्रान्तिकारीकी सुप्रेना खत्रीले १ सय ६२ मत पाइन् ।
सदस्यमा प्रत्यक्षतर्फ नेविसंघका विशाल विक, सम्पूर्ण जिसी, अनुपम श्रेष्ठ, ढकबहादुर भण्डारी तथा समानुपातिकतर्फ २ सिट जितेको छ । प्रत्यक्षतर्फ अनेरास्ववियुका अविजित शाही र समानुपातिकतर्फ १ सदस्य जितेको छ । क्रान्तिकारीले समानुपातिकतर्फ सदस्यमा १ सिट जितेको छ । म्याग्दी क्याम्पस स्ववियु निर्वाचनमा कुल ८ सय २५ मतदाता मध्ये ६ सय ८६ मत खसेको थियो ।








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया