म्याग्दीमा जिप दुर्घटना, एक जनाको मृत्यु

पोखरा। म्याग्दीको मालिका गाउँपालिका–४, महभिर सुङ्रेपानीमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घटनामा मृत्यु हुने च्युरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइली हुन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठका अनुसार, ग १ ज ५६१२ नम्बरको बोलेरो जिप बुधबार बिहान सुङ्रेपानीबाट च्युरीबोटतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटना करिब साढे ६ बजे भएको बताइएको छ। घाइते हुनेमा चालक ३३ वर्षीय शेरबहादुर बिक, च्युरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामे छन्।
यस्तै, यमिन्द्र रसाइली पनि घाइते भएका छन्। जिप सडकबाट करिब ६० मिटर तल खसेको छ। घाइतेहरू मध्ये भीमप्रसाद र यमिन्द्रको अवस्था सामान्य रहेको छ भने नगेन्द्र रसाइलीलाई दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते चालक बिकलाई थप उपचारका लागि पोखरा पठाइएको छ।
इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीले उद्धार कार्यमा सहयोग गरेका थिए।









माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया