म्याग्दीमा जिप दुर्घटना, एक जनाको मृत्यु

पोखरा। म्याग्दीको मालिका गाउँपालिका–४, महभिर सुङ्रेपानीमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घटनामा मृत्यु हुने च्युरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइली हुन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठका अनुसार, ग १ ज ५६१२ नम्बरको बोलेरो जिप बुधबार बिहान सुङ्रेपानीबाट च्युरीबोटतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटना करिब साढे ६ बजे भएको बताइएको छ। घाइते हुनेमा चालक ३३ वर्षीय शेरबहादुर बिक, च्युरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामे छन्।
यस्तै, यमिन्द्र रसाइली पनि घाइते भएका छन्। जिप सडकबाट करिब ६० मिटर तल खसेको छ। घाइतेहरू मध्ये भीमप्रसाद र यमिन्द्रको अवस्था सामान्य रहेको छ भने नगेन्द्र रसाइलीलाई दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते चालक बिकलाई थप उपचारका लागि पोखरा पठाइएको छ।
इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीले उद्धार कार्यमा सहयोग गरेका थिए।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया