गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीका सुलभ अम्गाईं विजयी

गोरखा । गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा समाजवादी मोर्चाको टिम विजयी भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निवार्चनअन्तर्गत मंगलबार भएको मतदानमा ३ सय ७० मत खसेकोमा अखिल क्रान्तिकारीका सुलभ अम्गाईंले २ सय ९ मत ल्याएर विजयी भए भने नेविसंघका रचन परियारले १६१ मत पाए ।
त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका रुपेश विश्वकर्मा १९९ मत पाउँदा अनेरास्ववियुका राजाराम बोहराले १ सय ७१ मत ल्याए ।
त्यसैगरि, कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी आयुषा अर्यालले २ सय ६ मत ल्याइन् भने नेविसंघकी सविना गुरुङले १ सय ६४ मत ल्याएर पराजित भइन् ।
सदस्यमा अखिल क्रान्तिकारीका अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा विजयी भए ।
गोरखा क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल थियो भने अखिल क्रान्तिकारी, समाजवादी अखिल सहितको अर्को गठबन्धन चुनावी प्रतिस्पर्धामा थिए । रासस








थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन
केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया