गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीका सुलभ अम्गाईं विजयी

समाधान संवाददाता २०८१ चैत ५ गते १०:३३


‎गोरखा । गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा समाजवादी मोर्चाको टिम विजयी भएको छ ।

Advertisement

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निवार्चनअन्तर्गत मंगलबार भएको मतदानमा ‎३ सय ७० मत खसेकोमा अखिल क्रान्तिकारीका सुलभ अम्गाईंले २ सय ९ मत ल्याएर विजयी भए भने नेविसंघका रचन परियारले १६१ मत पाए ।

त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका रुपेश विश्वकर्मा १९९ मत पाउँदा अनेरास्ववियुका राजाराम बोहराले १ सय ७१ मत ल्याए ।

‎त्यसैगरि, कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी आयुषा अर्यालले २ सय ६ मत ल्याइन् भने नेविसंघकी सविना गुरुङले १ सय ६४ मत ल्याएर पराजित भइन् ।

‎सदस्यमा अखिल क्रान्तिकारीका अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा विजयी भए ।

Advertisement

गोरखा क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल थियो भने अखिल क्रान्तिकारी, समाजवादी अखिल सहितको अर्को गठबन्धन चुनावी प्रतिस्पर्धामा थिए । रासस

तपाईको प्रतिक्रिया