ज्ञानेन्द्र शाह मनकामना दर्शनका लागि आउने

समाधान संवाददाता २०८१ चैत ५ गते १०:५४

Advertisement

पोखरा । पूर्वराजा शाह ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा आउन भएका छन् ।

शाहका संवाद सचिव डा‍ फणिराज पाठकले आज एक सूचना जारी गर्दै शाह यसैसाता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चनाका लागि जान लागेको जानकारी गराएका हुन् ।

यसअघि पनि शाहले पूर्वी नेपालका विभिन्न शक्ति पीठहरूको दर्शन गरेका थिए । शाह पोखरामा एक महिना लामो बसाइ बसेर माघ २५ गते काठमाडौं फर्किँदा राजावादीहरूले भव्य स्वागत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया