७ प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा, कुमानसिंह बने बागलुङको प्रजिअ

समाधान संवाददाता २०८१ चैत ५ गते १५:५७

पोखरा । गृह मन्त्रालयले ७ प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा भएको हो ।

Advertisement

गृह मन्त्रालयको सूची अनुसार सहसचिवहरू दिलकुमार तामाङ कपिलवस्तु, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइटेल उदयपुर, आनन्द सारु अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।

कुमानसिंह गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव थिए । उनले गृहमा सरुवा भएलगत्तै प्रजिअको जिम्मेवारी पाएका हुन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य मन्त्रालय तानिएका छन् । उदयपुरका प्रमुख जिल्ल अधिकारी हरिप्रसाद घिमिरे पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका छन् । गृहका जगदिश्वर उपाध्यायको सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया