इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्वतन्त्र उम्मेदवार धामी विजयी

समाधान संवाददाता २०८१ चैत ५ गते १८:११

पोखरा ।
इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्वतन्त्र युनियनको निर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश धामी विजयी भएका हुन् ।

Advertisement


सभापतिमा उनको जित सुनिश्चित भइसकेपनि निर्वाचन समितिले नतिजा सार्वजनिक गर्न बाँकी छ । समानुपातिकको मत गन्न बाँकी रहेकाले प्रत्यक्षतर्फको मत सार्वजनिक नगरिएको निर्वाचन समितिले जानकारी दिएको छ । धामीले अनेरास्ववियुका अनुप न्यौपाने, अखिल क्रान्तिक्रारीका आदर्श महत क्षेत्री र नेविसंघका सौगात पण्डितलाई पराजित गरेका हुन् ।

यस्तै सचिवमा क्रन्तिकारीका हरिकृष्ण खड्का विजयी भएका हुन् । उनले अनेरास्ववियुका विनायक भुंवाजीलाई पराजित गरेका हुन् ।

तपाईको प्रतिक्रिया