इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्वतन्त्र उम्मेदवार धामी विजयी
समाधान संवाददाता
२०८१ चैत ५ गते १८:११

पोखरा ।
इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्वतन्त्र युनियनको निर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश धामी विजयी भएका हुन् ।
सभापतिमा उनको जित सुनिश्चित भइसकेपनि निर्वाचन समितिले नतिजा सार्वजनिक गर्न बाँकी छ । समानुपातिकको मत गन्न बाँकी रहेकाले प्रत्यक्षतर्फको मत सार्वजनिक नगरिएको निर्वाचन समितिले जानकारी दिएको छ । धामीले अनेरास्ववियुका अनुप न्यौपाने, अखिल क्रान्तिक्रारीका आदर्श महत क्षेत्री र नेविसंघका सौगात पण्डितलाई पराजित गरेका हुन् ।
यस्तै सचिवमा क्रन्तिकारीका हरिकृष्ण खड्का विजयी भएका हुन् । उनले अनेरास्ववियुका विनायक भुंवाजीलाई पराजित गरेका हुन् ।
सम्बन्धित







विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया