खेलकुद मन्त्री थापाले गरे एसईई परीक्षा केन्द्रको अनुगमन

पोखरा ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गरेका छन्।
अनुगमन क्रममा मन्त्री थापा पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालय तथा महतगौडास्थित श्री जानकी माध्यमिक विद्यालय पुगेर परीक्षाको व्यवस्थापन, विद्यार्थीहरूको उपस्थिति र परीक्षा वातावरणबारे जानकारी लिएका थिए।
मन्त्री थापाले परीक्षा केन्द्रहरू सुव्यवस्थित, मर्यादित र शान्त वातावरणमा सञ्चालन भइरहेकोमा सन्तोष व्यक्त गर्दै परीक्षार्थीहरूको आत्मविश्वास, तयारी र अनुशासन प्रशंसनीय रहेको बताए।
“विद्यार्थीहरू उत्साहित र आत्मविश्वास देखिए, जसले उनीहरूको राम्रो तयारीको संकेत गर्छ। परीक्षा मर्यादित र व्यवस्थित रूपमा सञ्चालन भइरहेकाले सबै पक्षलाई धन्यवाद दिन्छु”, मन्त्री थापाले भने।
उनले सम्पूर्ण परीक्षार्थीहरूलाई सफल परीक्षाको शुभकामना दिँदै परीक्षाको निष्पक्षता, विश्वसनीयता र सुरक्षामा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, उनले परीक्षाका क्रममा कुनै अव्यवस्था हुन नदिन सम्बन्धित निकायलाई सचेत रहन निर्देशन पनि दिएका छन् ।









२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया