लेकसिटी कलेजका विद्यार्थीको सामाजिक कार्य

सन्देश शर्मा । पोखरा
पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर मा अध्ययनरत विद्यार्थीहरूले विभिन्न कार्यक्रम गर्दै विश्व सामाजिक कार्य दिवस २०२५ मनाएका छन् ।
विश्व सामाजिक कार्य दिवस हरेक वर्ष मार्च महिनाको तेस्रो मंगलबार मनाइन्छ । ‘दिगो सम्पन्नताका लागि अन्तरपुस्ता सहकार्य मजबुत बनाउँदै’ भन्ने नाराका साथ मनाइएको विश्व सामाजिक कार्य दिवस २०२५ मा लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा सामाजिक कार्य तथा पत्रकारिताका विद्यार्थीहरूले हेम्जा–कास्कीस्थित मानव सेवा आश्रममा अन्तक्र्रिया गरेका छन् ।
करिब १५० जना आश्रितहरू बसोबास गर्ने सो आश्रममा विद्यार्थीहरूले श्रम सेवामार्फत अन्तत्र्रिmया गरे । आश्रममा रहेका वृद्धवृद्धाहरूको सरसफाइ, मनोरञ्जन, वार्तालाप, खाजा वितरण लगायत गतिविधिहरूमार्फत विद्यार्थीहरूले अन्तक्र्रिया गरेका हुन् । बदलिँदो परिवेश अनुसार अहिलेको पुस्तामा सामाजिक अन्तत्र्रिmयाको अभ्यास कम रहेको र यो कार्यक्रमले नयाँ–पुरानो पुस्ताबीच अनुभव, भोगाइ र बुझाइ आदानप्रदान गर्न सहयोग गर्ने कुरामा विश्वस्त रहेको लेकसिटी कलेजकी सामाजिक कार्य विषयकी अध्यापक रोशिना कुँवर बताउँछिन् ।
त्यसैगरी विद्यार्थीहरूले वडा नम्बर ४, गैह्रापाटनको सरसफाइ कार्यक्रम पनि सञ्चालन गरेका छन् । कलेजको प्रांगणबाट सुरु भएको सरसफाइ कार्यक्रम गणेश टोल हुँदै पालिखे चोकसम्म पुगेर समापन भएको हो । उक्त कार्यक्रमबाट करिब १५ झोला फोहोर उठाइएको र सो फोहोर पोखरा महानगर फोहोर व्यवस्थापनको गाडीमार्फत उचित व्यवस्थापनका लागि पठाइएको लेकसिटी कलेजका क्याम्पस प्रमुख नारायण श्रेष्ठले जानकारी दिए ।
गण्डकी प्रदेशमा सामाजिक कार्य अध्यापन हुने एकमात्र शैक्षिक संस्था रहेको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर मा विद्यार्थीहरूले सैद्धान्तिक शिक्षा मात्र नभई व्यावहारिक सीप पनि हासिल गर्न सकून् भन्ने उद्देश्यले हरेक वर्ष सामाजिक कार्य दिवसका साथै अन्य दिवसहरूमा पनि कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया