पोखरा ७ मा ब्याडमिन्टन प्रतियोगिता

समाधान संवाददाता २०८१ चैत ६ गते २०:०६

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा दोस्रो वडाध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता भएको छ । पोखरा ७ घारीपाटन स्थित रापाकोट तमु समाजमा आयोजित प्रतियोगितामा वडा भित्रका ३८ जनाले भाग लिएका थिए ।
प्रतियोगितामा ज्ञानेन्द्र जैसी र गमन गुरुङको जोडी प्रथम, शिव पौडेल र अर्जुन मरासेनी द्वितीय, नरेश गुरुङ र रामचन्द्र रामदामसहित अमन गुरुङ र हरि क्षेत्रीको जोडी तृतीय भए । प्रथम, द्वितीय र तृतिय हुनेले क्रमश नगद १२ हजार, ८ हजार र ५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

Advertisement

कार्यक्रममा पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले पोखरा ७ ले भौतिक विकासमा मात्र र नभएर सामाजिक तथा खेलकुद विकासमा पनि ध्यान दिएकोमा प्रशंसा गरे । उनले वडा नं.७ र ८ छिमेकी वडा भएकाले कतिपय समस्याको समाधान समन्वय र सहकार्यमा गर्दै आएको बताए ।

पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले विजयी खेलाडीलाई बधाई दिँदै आगामी दिनमा प्रतियोगितालाई महानगरस्तरीय बनाउने योजना सुनाए । उनले पोखरा महानगरपालिका वडा नं. ७ मा भौतिक विकाससँगै महिला, युवा तथा ज्येष्ठ नागिरिक लक्षित विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गरे । कार्यक्रममा वडा सदस्य अर्जुन थापा र वडा सचिव राजेन्द्र पौडेलले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया