उद्योगी, व्यवसायीलाई डिजिटल बैंकिङ शिक्षा

समाधान संवाददाता २०८१ चैत ८ गते १२:०३

पोखरा । ग्लोबल आइएमई बैंक लिमिटेड गण्डकी प्रदेशले पोखरा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारी तथा सदस्यलाई लक्ष्य गरेर वित्तीय साक्षरता तथा डिजिटल बैंकिङसम्बन्धी कार्यक्रम गरेको छ । कार्यक्रममा बैंकका प्रदेश प्रमुख सुशोभन देवकोटाले बैंकले ११ जिल्लाका ४४ शाखामार्फत बैंकिङ सेवा प्रदान गरेको जानकारी दिए ।

Advertisement

उनले बैंकले नेपाल राष्ट्र बैंकको नीति नियममा कर्जा प्रवाह गरेको बताए । डिजिटल बैंकिङमा सुरक्षा चुनौती बढी भएको उल्लेख गर्दै उनले कमाएको धनलाई सुरक्षित राख्न ध्यान दिन आग्रह गरे । उनले जान्नmे बुझ्ने स्मार्ट व्यक्ति बढी ठगिएको बताए । बैंकका मार्केटिङ म्यानेजर राजकुमार महर्जनले पुँजी कोष, शाखा सञ्चाल र कर्मचारीको हिसाबले नेपालको ठूलो वाणिज्य बैंक भएको दाबी गरे ।

६५ अर्ब पुँजीकोष भएको बैंकको ७७ जिल्लामा ३ सय ५५ शाखामा ४ हजार कर्मचारी कार्यरत रहेको जानकारी दिँदै उनले भारत, अस्ट्रेलिया र बेलायतमा प्रतिनिधि शाखा रहेको बताए । उनले बैंकिङ कारोबारलाई सहज बनाउन ध्यान दिएको जनाए । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले चेम्बरले सबै तहका उद्योगी, व्यवसायीलाई समेट्दै संस्थागत संरचनालाई विस्तार गरेको बताए । उनले आर्थिक तरलताको कारण मारमा परेका उद्योगी व्यवसायीलाई बैंक ब्याजदरमा सहुलियत भएमात्र उद्योग व्यवसायको प्रवद्र्धन हुने उल्लेख गरे ।

कार्यक्रममा चेम्बर अफ कमर्स कास्कीका कार्यसमितिका सदस्य तथा कार्यक्रम संयोजक श्रीराम गौतम, बैंकका चिप्लेढुंगा शाखाका प्रबन्धक अरुण रानाभाट, सभागृह शाखाका प्रबन्धक भुवन पाण्डे, अमरसिंहचोक शाखाका प्रबन्धक पूर्णिमा आले, दीपेन्द्र ढकाल लगायतले डिजिटल बैंकिङबारे बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया