सामसङको शक्तिशाली फोन ए५६ फाइभजीको प्रि–अर्डर अफर

काठमाडौं । नेपाली बजारमा सामसङ ग्यालेक्सी ए५६ फाइभजी स्मार्टफोनको प्रि–अर्डर खुला भएको छ । आजदेखि चार दिनसम्म सीमित स्टकमा यो फोनको अग्रिम बुकिङ खुलाइएको कम्पनीले जनाएको छ ।
ए५६ मा स्मार्ट, सहज र रोचक अनुभव पाउन पहिलो पटक ‘अवेसम इन्टिलिजेन्स’ प्रविधि समावेश गरिएको कम्पनीको भनाइ छ । वनयूआई सेभेनमा आधारित फोनमा परिष्कृत क्यामेरा प्रविधि, मजबुत डिजाइन र सशक्त सुरक्षा प्रणाली रहेको कम्पनीको दाबी छ ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी ए५६ ले उत्कृष्ट एआई अनुभव ल्याउँदै स्मार्टफोन प्रविधिको नयाँ युगको सुरुवात गर्ने दाबी गरे । उनका अनुसार यस फोनले ६ जेनेरेसनसम्मको एन्ड्रोइड ओएस र वनयूआई अपडेट प्राप्त गर्नेछ ।
ग्राहकले विशेष अफर अन्तर्गत दुई हजार रुपैयाँको अग्रिम भुक्तानीमा फोन प्रि–बुक गर्न सक्नेछन् । जसअन्तर्गत सात हजार ९९९ रुपैयाँ मूल्यको ग्यालेक्सी फिट थ्री मात्र तीन हजार ९९९ रुपैयाँमा पाइनेछ ।
यो फोन दुई ¥याम भेरियन्टमा उपलब्ध हुनेछ । जसअन्तर्गत ८ जीबी ¥याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६५ हजार ९९९ रुपैयाँ छ भने १२ जीबी ¥याम तथा २५६ जीबी स्टोरेज मोडेलको मूल्य ७० हजार ९९९ रुपैयाँ रहेको छ ।
ग्राहकले पुरानो फोन ‘सबको फोन’ र ‘अर्को स्टोर’ मा साटेर नयाँ ग्यालेक्सी ए५६ फाइभजी अपग्रेड गर्न सक्नेछन् । साथै, सामसङ इन्स्टा फाइनान्स सेवाअन्तर्गत शून्य ब्याजदरमा सहजै ईएमआई सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा यो फोन आधिकारिक रूपमा आगामी ११ चैतदेखि बजारमा उपलब्ध हुनेछ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया