अन्तर्राष्ट्रिय गोष्ठीमा बालसाहित्यबारे प्राडा न्यौपानेको प्रस्तुति

पोखरा । भारतको चिल्ड्रेन रिसर्च युनिभर्सिटी गान्धी नगर गुजरात र जेएनयुको संयुक्त आयोजनामा चैत ७ र ८ गते गरी २ दिनसम्म भारतको गुजरात, गान्धिनगरस्थित नर्मदा कन्फ्रेन्स भवनमा बालसाहित्यसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ ।
२ दिने गोष्ठीको उद्घाटन सत्रका दिन मुख्य वक्ताका रूपमा प्राडा कुसुमाकर न्यौपानेले नेपाली बालसाहित्य शीषर्कमा आप्mना विचार प्रस्तुत गरेका थिए । उक्त अवसरमा प्राडा न्यौपानेले नेपाली मौखिक बालसाहित्य, नेपाली लिखित बालसाहित्य, नेपाली बालसाहित्यको वर्तमान अवस्थाबारे व्याख्यान प्रस्तुत गर्दै अन्त्यमा निचोड प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मुख्य वक्ताका रूपमा अमेरिकाबाट प्राडा कारेन कोअट्स, बेलायतबाट प्राडा पारिन सोमान, भारतबाट एकनाथ अवाद, पोल्यान्डबाट डा. पिलिप रुसिन्की र नेपालबाट प्राडा कुसुमाकर न्यौपानेले सहभागी भएका थिए ।
प्राडा कारेन कोअट्सले अमेरिकन बालसाहित्य, प्राडा पारिन सोमानीले ब्रिटिस बालसाहित्य, एकनाथ अवादले भारतीय बालसाहित्य डा. पिलिप रुसिन्कीले पोलिस बालसाहित्य र प्राडा कुसुमाकर न्यौपाने नेपाली बालसाहित्यबारे आप्mना पत्र प्रस्तुत गरेका थिए ।
संसारका बालसाहित्यबारे ज्ञान आदानप्रदान उद्देश्यले गुजरात युनिभर्सिटीको अहमदावादका प्रा.जगदीश जोशीको अध्यक्षतामा भएको त्ययस कार्यक्रम गुजरातका मुख्यमन्त्री प्रफुलभाइ पानसेरियाले उद्घाटन गरेका थिए । त्यस भव्य समारोहमा गुजरातको गन्धीनगरस्थित चिल्ड्रेन रिसर्च युनिभर्सिटीका उपकुलपति डा. टिएस जोशी, प्रा.रमाशंकर दुेव, आइआइटिई का उपकुलपति प्राडा आरसी पाटेल, चिल्ड्रेन रिसर्च युनिभर्सिटी अनुसन्धान केन्द्रका निर्देशक प्रा.सञ्जय गुप्ता भारतकी अभिनेतृ डा.स्वरूप सम्पत रावल विशेष अतिथिका रुपमा उपस्थित थिए ।
कार्यक्रम संयोजक डा.भैरवी दीक्षितले उद्घोषण गरेको यस कार्यक्रममा प्राडा प्रशान्त पाटेलले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने प्रा. सञ्जय गुप्ताले धन्यवाद ज्ञापन गरेका थिए ।
तपाईको प्रतिक्रिया