पृथ्वीनारायण क्याम्पसमा मतदान जारी

पोखरा ।
पोखरकाे पृथ्वीनारायण क्याम्पसमा आइतबार बिहान ८ बजेबाट मतदान सुरु भएको छ। गत चैत ५ र ६ गते दुईपटक स्थगित भएको निर्वाचन आज भएको हो।
त्रिभुवन विश्वविद्यालयले चैत ५ गतेका लागि निर्वाचन तोके पनि मतपत्रमा त्रुटि देखिएपछि मतदान हुन सकेको थिएन ।
निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलका अनुसार क्याम्पसभित्र ६ वटा मतदान केन्द्र तोकिएको छ र मतदान प्रक्रिया दिउँसो ४ बजेसम्म जारी रहनेछ।
क्याम्पसमा ९ हजार २७० विद्यार्थी मतदाता छन्। स्ववियु सभापति पदका लागि ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य) संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ, स्वतन्त्र उम्मेदवारका रूपमा विप्लवी न्यौपाने र कमल सुवेदी चुनावी मैदानमा छन्।
क्याम्पसमामा १६ वर्षपछि हुन लागेको यस स्ववियु निर्वाचन भएकाे हो ।









‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया