अभियान महिला समूहको अध्यक्षमा केसी

समाधान संवाददाता २०८१ चैत ९ गते ११:३३

पोखरा ।

Advertisement

पोखरा महानगरपालिका वडा नं ५ जिरो किमीस्थित अभियान महिला समूहको अध्यक्षमा टीका केसी निर्वाचित भएकी छन् । समूहको शनिबार भएको आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट केसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।

त्यसैगरी समूहको उपाध्यक्षमा सिर्जना थापा, सचिवमा रविना थापा, कोषाध्यक्षमा पवित्रा थापा, सहसचिवमा बिष्णु कार्की र सहकोषाध्यक्षमा सीमा थापा छन् । त्यस्तै कार्यसमिति सदस्यमा सावित्री गिरी, सीता सीके, मीना थापा, अम्बिका लामिछाने, हरिमाया केसी, कल्पना बास्तोला, बीना मिश्र, रञ्जु पौडेल, उजेली थापा, माया थापा र पार्वती केसी छन् ।

निर्वाचन अघि भएको कार्यक्रममा पोखरा ५ का वडा अध्यक्ष विष्णुप्रसाद बरालले पछिल्लो समय सामाजिक काममा समेत महिलाहरुको सहभागिता बढी देखिएकले खुसी व्यक्त गरे । वडाका हरेक गतिविधिमा महिलाहरु सहभागी हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै वातावरण संरक्षणका लागि महाअभियानका संयोजक रामबहादुर पौडेलले नेपाली कला संस्कृतिको संरक्षण गर्न सबै लाग्नुपर्ने बताए । कुनैपनि कार्य गर्दा नैतिक आचरणमा रहेर काम गर्नुपर्ने उनको जोड थियो । साथै असल समाज र असल नागरिक बनाउन सबैले खबरदारी गरिरहनुपर्ने पौडेलले बताए ।

Advertisement

त्यसैगरी वडा सदस्य कल्पना भुवाजी क्षेत्रीले महिलाहरुले सबै क्षेत्रमा अगाडि बढाउन महिला समुहको ठूलो भूमिका रहने बताईन् । अहिलेको समय भाषण र कुरा भन्दा कामलाई बढी जोड़ दिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा अभियान युवा क्लबका अध्यक्ष कृष्ण बहादुर थापा, समूहकी संस्थापक अध्यक्ष राजकुमारी थापा, अभियान युवा क्लबका पूर्व अध्यक्ष मोहन ब केसी, समूहकी पूर्व अध्यक्ष शर्मिला केसी, अभियान युवा क्लबका निवर्तमान अध्यक्ष राजु गिरी, नन्दकिशोर टोल विकास समितिका अध्यक्ष गोपालबहादुर थापालगायतले शुभकामना मन्तव्य राखेका थिए । सम्मकी अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समूहकी सदस्य कल्पना बास्तोलाले शुभकामना मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन समूहकी सचिव सिर्जना थापाले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया