प्रगतिशील लेखक संघ गण्डकीको अध्यक्षमा उपाध्याय

गण्डकी ।
प्रगतिशील लेखक संघ, गण्डकीको अध्यक्षमा प्रा डा यदुनन्दन उपाध्याय चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न संघको तेस्रो अधिवेशनबाट उपाध्यक्षमा कमला पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा गीता तिवारीलाई चयन गरिएको छ ।
संघको गोरखाका अध्यक्ष विश्वेश्वर कट्टेल, लमजुङका अध्यक्ष वासुदेव थापा, तनहुँका अध्यक्ष विनोदकुमार विक, स्याङ्जाका अध्यक्ष अनन्त अर्याल, कास्कीका अध्यक्ष छवि सुवेदी विजयी, नवलपुरका अध्यक्ष काशीराम गैरे, पर्वतका अध्यक्ष आनन्द रिमाल, बागलुङका अध्यक्ष विजय राना तथा म्याग्दीका अध्यक्ष लीला गाउँले पदेन सदस्य रहेका छन् ।
अधिवेशनमा बाबुराम सुवेदी, श्रीभद्र पौडेल, भोलाप्रसाद बस्ताकोटी, नारायण लम्साल, युवराज पौडेल, शम्भु अर्याल, अर्जुनप्रसाद सुवेदी, लोकनाथ पुडासैनी, रञ्जना खत्री, भरत बागलुङे, गणेश अधिकारी, छन्दमणि त्रिपाठी, निर्मल पौडेल, लक्ष्मी सिग्देल, नेपालप्रकाश अधिकारी, शोभासिंह ठकुरी र आकाश अधिकारीलाई सदस्यको जिम्मेवारी दिएको छ । अधिवेशनमा संघका संस्थापक अध्यक्ष लोकबहादुर थापालाई ‘गण्डक साहित्य पुरस्कार’बाट सम्मानित गरिएको थियो ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया