प्रगतिशील लेखक संघ गण्डकीको अध्यक्षमा उपाध्याय

गण्डकी ।
प्रगतिशील लेखक संघ, गण्डकीको अध्यक्षमा प्रा डा यदुनन्दन उपाध्याय चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न संघको तेस्रो अधिवेशनबाट उपाध्यक्षमा कमला पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा गीता तिवारीलाई चयन गरिएको छ ।
संघको गोरखाका अध्यक्ष विश्वेश्वर कट्टेल, लमजुङका अध्यक्ष वासुदेव थापा, तनहुँका अध्यक्ष विनोदकुमार विक, स्याङ्जाका अध्यक्ष अनन्त अर्याल, कास्कीका अध्यक्ष छवि सुवेदी विजयी, नवलपुरका अध्यक्ष काशीराम गैरे, पर्वतका अध्यक्ष आनन्द रिमाल, बागलुङका अध्यक्ष विजय राना तथा म्याग्दीका अध्यक्ष लीला गाउँले पदेन सदस्य रहेका छन् ।
अधिवेशनमा बाबुराम सुवेदी, श्रीभद्र पौडेल, भोलाप्रसाद बस्ताकोटी, नारायण लम्साल, युवराज पौडेल, शम्भु अर्याल, अर्जुनप्रसाद सुवेदी, लोकनाथ पुडासैनी, रञ्जना खत्री, भरत बागलुङे, गणेश अधिकारी, छन्दमणि त्रिपाठी, निर्मल पौडेल, लक्ष्मी सिग्देल, नेपालप्रकाश अधिकारी, शोभासिंह ठकुरी र आकाश अधिकारीलाई सदस्यको जिम्मेवारी दिएको छ । अधिवेशनमा संघका संस्थापक अध्यक्ष लोकबहादुर थापालाई ‘गण्डक साहित्य पुरस्कार’बाट सम्मानित गरिएको थियो ।







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया