चेली थकाली किचनमा ५० प्रतिशत छुट

पोखरा ।
पोखरा लेकसाइड स्थित चेली थकाली किचनले तेस्रो वार्षिकोत्सवको अवसरमा ५० प्रतिशत छुट अफर ल्याएको छ। अफर चैत १० गते देखि सुरु भएकाे छ ।
थकाली किचनरले नेपाली परम्परागत स्वादलाई आधुनिक र आकर्षक तरिकामा प्रस्तुत गर्दै ग्राहकको मन जितेको थकाली किचनका संस्थापक दिनाङ्ग शेरचनले बताए । स्वादिष्ट परिकार, सेवा र वातावरणमा रेस्टुरेन्टले विशेष ध्यान दिएकाे उनकाे भनाइ छ ।
‘थकाली किचन सुरु गर्दा थोरै साधनस्रोत र सानो सपना थियो, तर आज यस सफलतामा हामीलाई विश्वास र समर्थन गर्ने हाम्रा ग्राहक र सहयोगीहरुको योगदान छ। यस विशेष अफरको माध्यमबाट हामी हाम्रो माया र कृतज्ञता प्रकट गर्न चाहन्छौं,’ उनले भने ।
प्रभु बैंकका ग्राहकलाई पनि थकाली किचनमा सधैं १० प्रतिशत छुट दिइनेछ । उनीहरुले बैंक कार्डको प्रयोग मार्फत छुटको फाइदा उठाउन सक्छने छन् ।
थकाली किचन २०८० सालमा दिनाङ्ग शेर्चन, हेमन गुरुङ र नबिन गुरुङले सञ्चालन गरेका थिए। थकाली किचन पोखराको चर्चित रेस्टुरेन्टको रुपमा स्थापित भएको छ।










सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया