कृषि विकास बैंक कर्मचारी संघ नेपालको केन्द्रीय परिषद चैत ११ गते

पोखरा ।
कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद पोखरामा सोमबार हुँदैछ । कृषि विकास बैंकमा कार्यरत नेकपा एमाले निकट कर्मचारीहरुको छाता संस्थाको रुपमा रहेको संघको १० औं केन्द्रीय परिषदको नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको कृषि विकास बैंक कर्मचारी संघ नेपाल, गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।
विशुद्ध पेशागत हकहितका लागि कर्मचारी एकता, पारदर्शी र गतिशील व्यवस्थापन आजको आवश्यक्ता’ भन्ने नाराका साथ हुने परिषदको उद्घाटनअघि प्रभातफेरी निकालिने जनाइएको छ । होटल पौवाबाट सुरु भएको प्रभातफेरी वडा प्रहरी कार्यालय बैदाम, सहिदचोक पुगेर पुनः होटल पौवामै पुगेर उद्घाटन सत्रमा परिणत हुने थापाले बताए ।
परिषदमा देशभरका ७७ जिल्लाका ६ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने संघका केन्द्रीय अध्यक्ष लिला जिसी क्षेत्रीले जानकारी दिए । परिषदले नया नेतृत्व चयन गर्ने उनले बताए । उनका अनुसार नेतृत्व सर्वसम्मतिबाट चयन हुनेछ ।
परिषदका लागि विभिन्न जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु पोखरा आइपुगेका छन् । प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई पोखराको लेकसाईडस्थित विभिन्न होटलहरुमा आवासको व्यवस्था मिलाइएको उनले बताए । ‘उहाँहरुलाई हामीले पाहुनाका रुपमा विभिन्न होटलहरुमा बस्ने व्यवस्था मिलाएका छौं,’ उनले भने ।
तपाईको प्रतिक्रिया