तल्लो मुस्ताङमा छिटपुट हिउँ

जोमसोम । मुस्ताङको तल्लो क्षेत्रमा शनिबार दिउँसो छिटपुट वर्षा र हिमपात भएको छ । मुक्तिक्षेत्रसहित घरपझोङ र थासाङ गाउँपालिकामा वर्षासहित हिउँ परेको हो ।
फागुन दोस्रो सातामा उपल्लो मुस्ताङमा आंशिक हिमपात भएको थियो । तल्लो मुस्ताङमा यो सिजनमा ढिलै भए पनि भएको वर्षासहितको हिमपातले कृषकलाई राहत पुगेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख राजेश गुरुङले बताए ।
यो साल मुस्ताङको तल्लो क्षेत्रमा हिमपात नहुँदा सिंचाइको पहुँच नपुगेका खेतीयोग्य जमिन बाँझै छन् । केन्द्र प्रमुख गुरुङले वर्षासँगैको हिमपातले कृषकलाई अन्नबाली उवा, फापर जौ, आलु, बोडी, सिमी लगायतमा चिस्यान पु¥याउन सहज भएको छ ।
थासाङ गाउँपालिकामा वर्षा र हिमपात भएको थासाङ ५ कुञ्जोका धीरेन्द्र ल्वागुनले जानकारी दिए । ‘दिउँसो करिब १ घण्टासम्म वर्षा र हिमपात भयो,’ ल्वागुनले भने, ‘बेमौसमी हिमपात र वर्षा हुँदा किसानलाई फाइदै भएको छ ।’ जमिनको तापमान बढिसकेकाले शनिबारको हिउँ जमेको भने छैन ।
घरपझोङ—५ की ममिता थकालीले घरपझोङका उच्च लेकमा हिमपात र बस्ती क्षेत्रमा आंशिक वर्षा भएको जानकारी दिइन् । यस वर्ष समयमा हिउँ नपर्दा खेतीयोग्य जमिन बाँझो रहेकाले एक साताअघि लामा राखेर प्रकृति पूजा गरिएको थियो ।
‘हाम्रा खेतबारी हिउँ नपर्दा बाँझै थिए । हिउँ पार्न पूर्णिमाका दिनमा प्रकृति पूजा ग¥यौं,’ उनले थपिन्, ‘सायद प्रकृति पूजा गरेरै हो कि ढिलै भए पनि वर्षा र हिमपात भईदियो ।’ थासाङ २ सौरुका सोजन हिराचनले यो वर्षा र हिमपातले कृषकलाई त्राण दिएको सुनाए । वारागुङ १ मुक्तिनाथ क्षेत्रमा पनि हिमपात भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । उपल्लो मुस्ताङमा भने हिमपात नभएको लोघेकर दामोदरकुुण्ड गाउँपालिकाकी प्रशासन प्रमुख शोभा पुनले बताइन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया