नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन कास्की अध्यक्षमा गोविन्दप्रसाद रिजाल निर्वाचित

पोखरा । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन कास्कीको अध्यक्षमा गोविन्दप्रसाद रिजाल निर्वाचित भएका छन् ।
जैविक विधिताको केन्द्र पञ्चासे डाँडामा शनिबार सम्पन्न संगठनको छैटौँ जिल्ला अधिवेशनले रिजालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । अधिवेशनले पदाधिकारीहरू एवं सदस्यहरू समेत निर्विरोध निर्वाचित गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षमा प्रकाश बस्नेत, सचिवमा अभिनाष भट्टराई, कोषाध्यक्षमा रविमोहन पौडेल र सह–सचिवमा कृष्णबहादुर विक निर्वाचित भए । सदस्यहरुमा डिल्लीराम शर्मा, अनिता राई, हिमा गुरुङ र सुजन पोखरेल निर्वाचित भए ।
नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको केन्द्रीय समिति उपाध्यक्ष लोकेन्द्र चौलागाईंको प्रमुख आतिथ्यता एवं नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति कास्कीका संयोजक विश्वप्रकाश लामिछानेको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा संगठनको केन्द्रीय समितिका सदस्य श्यामलाल लामिछाने, गण्डकी प्रदेश अध्यक्ष नारायणप्रसाद सापकोटा, संगठनका पूर्व अध्यक्षहरु कृष्णप्रसाद पौडेल, रामचन्द्र ढुंगाना, अर्जुनदेव ज्ञवाली लगायतले निजामती कर्मचारीको हक अधिकारका साथै सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री बनाउनुपर्नेमा जोड दिए । कास्की संगठनका अध्यक्ष पदमलाल अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
संगठनले पन्चासे ईको टुर–२०८१ कार्यक्रम सम्पन्न गरी जैविक विविधताको खानी कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पन्चासे डाँडामा पर्यटन तथा जैविक पर्यटन समेत प्रवर्धन गर्ने उदेश्यको साथ विभिन्न कृयाकलाप समेत संचालन गर्दै रचनात्मक ढंगले अधिवेशन सम्पन्न गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया